उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ

  साउन १२, २०७८

कठमाडौं, साउन १२ : उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ । न्यायाधीशद्वय माधव पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले आज उहाँलाई सफाइ दिएको हो ।

यसअघि काठमाडौँ जिल्ला अदालतले पनि पूर्वसभामुख महरालाई उक्त मुद्दाबाट सफाइ दिएको थियो । उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको उच्च अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताउनुभयो ।

उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासबाट सो फैसला भएको उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माले बताउनुभयो । संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोग दाबी नपुग्ने ठहर गरेको थियाे ।

तपाईको प्रतिक्रिया