जडाङ्गामा बन्दै गरेको पक्की पुल बाढीको उच्च जोखिममा

  असार ०५, २०७८

बाजुरा, असार ४ : बाजुराको जडाङ्गा नदीमा निर्माणाधिन पक्की पुल बाढीको उच्च जोखिममा रहेको छ । मुसलधारे वर्षापछि आएको बाढीले बाजुराको बडिमालिका नगरपालिका –६ जडाङ्गा र –४ को ओलेना जोड्ने निर्माणाधीन मोटरेवल पक्की पुल बाढीको उच्च जोखिममा रहेको हो ।

पुललाई थामेका टेका, स्याल्याब पानीको बहाबले बगाउने सम्भावना देखिएको छ । प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुलको केही महिना अधि मात्र काम सुरु गरिएको थियो । २०७३ साल असार ३० गते देखि २०७५ असार ३० गते पुल निर्माणका लागि ९ करोड ८३ लाख ८२ हजार ५७९ रुपियाँ ३९ रकम कुल लागत अनुमान रकम मध्ये पाँच करोड पाँच लाख १६ हजार नौ सय रुपियाँमा काठमाण्डौ मसिना जे.बीका ठेकेदार नरेश पन्तले सम्झौता लिएको थियो ।
पन्तले सम्मझौता मितिमा पुल निर्माणको काम सम्पन्न गर्न नसेपछि अहिले फेरी काठमाडौं जे.बी प्रालिकाले सो पुल निर्माणको काम सुरु गर्दै आएको छ ।अविरल वर्षाका कारण नदीमा पानीको बाहक बढ्दै गएकोले पुल निमार्णको काम रोकिएको काठमाण्डौ जे.बी प्रालिका साइड इन्चार्ज रमेश चपाइले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले झण्डै ७० प्रतिशत् काम भइसेको र ३० प्रतिशत् काम गर्न मात्र बाँकी रहेको छ । पानी रोकिएपछि तथा बाढीपहिरोबाट जोगिएपछि २०७८ असोज मै काम सम्म गर्छु ।”एक साइडमा ढलान हालिएको ५० मिटर पुलको स्ल्याब तथा पील्लर भाँचिने सम्भवना देखिएको छ ।

सङ्घीय सरकारबाट विनियोजित रुपियाँमा निर्माण सम्झौता भएको डबल स्पानको ५० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो । असोज महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल लगातारको पर्दै गएको पानीका कारण काम रोकिएको सडक डिभिजन साँफेबगरका इन्जिनियर दमन कुमार विष्टले बताउनुभयो ।

आर्थिक बर्ष २०७७-०७८ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असार २८ गते सकिँदै थियो । पुल निर्माणपछि आउजाउमा सहज हुने आशा गरेका स्थानीयले यस वर्षामा पनि जोखिम मोल्नुपर्ने भएको छ ।

तपाईको प्रतिक्रिया