संसद विघटन मुद्दामा ४ जना एमिकस क्युरी चयन

  असार ०१, २०७८

काठमाडौँ, असार १ : नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएको अदालतका सहयोगीमा दुई वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा आज बसेको कार्यसमितिले बैठकले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेको बारले जनाएको छ । आजै सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतका निष्पक्ष सहयोगी पठाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुईदुई वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध गराउन आदेश दिएको थियो । सो मुद्दामा यही असार ९ गतेदेखि नियमित सुनुवाइ हुने तय भएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दाका लागि तोक्यो सर्वोच्च बारले एमीकस क्युरी
सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी (एमीकस क्युरी) पठाउने निर्णय गरेको छ ।

सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस क्युरी पठाउने निर्णय गरेको हो ।

सर्वोच्च बार कार्यसमिति बैठकले उक्त मुद्दामा मागिएको दुई वरिष्ठ अधिवक्तामा घिमिरे र केसीलाई पठाउने निर्णय गरेको कार्यसमितिका वरिष्ठ सदस्य विकास भट्टराइले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएसन र सर्वोच्चबार एशोसिएसनबाट दुई-दुई जना वरिष्ठ अधिवक्ता उपलब्ध गराउन आदेश दिएको थियो ।

सोही आदेशअनुसार सर्वोच्च बारले एमीकस क्युरीको तय गरेको हो । उक्त विवादमा यही असार ९ गतेबाट नियमित सुनुवाइ हुने तय भएको छ ।

तपाईको प्रतिक्रिया