उपत्यकामा ६०७ कोरोना संक्रमित थपिए

  असार ०१, २०७८

काठमाडौं, असार १ : काठमाडौं उपत्यकामा कोरोनाका ६०७ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरि एक हजार ६८१ सङ्क्रमित थपिएकोमा उपत्यकाका ६०७ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा हाल आठ हजार १८२, ललितपुरमा तीन हजार ४४२ र भक्तपुरमा दुई हजार ४३४ जना सक्रिय सङ्क्रमित छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा हालसम्म एक लाख ९९ हजार २७४, ललितपुरमा ३६ हजार १९८ र भक्तपुरमा २१ ह्जार ५३८ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ७८०, ललितपुरमा ५१४ र भक्तपुरमा ३५१ जना सङ्क्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया