काठमाडौंमा रोकिएको भेरोसेल खोप सोम र मंगलबार लगाउनेबारे छलफल

  जेठ ३०, २०७८

काठमाडौं, जेठ २९ : काठमाडौं महानगर भित्रका ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिलाई यही शुक्रबार र शनिवार लगाउने तय भई रोकिएको पहिलो चरणको खोप सोम र मंगलबार लगाउने तयारी गरिएको छ ।

काठमाडौ महानगरका लागि छुट्याइएको खोप मध्ये बाँकी रहेको करीब चार हजार मात्रा खोप राजधानीका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट लगाउनेबारे छलफल भएको काठमाडौं जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताउनुभयो ।

सो खोप बारे समय र स्थान समेत तोकिएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको भए पनि प्रमुख खड्काले यस विषयमा आज छलफल भएको र टुङ्गो लागि नसकेको बताउँदै सो पत्र आधिकारीक नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया