कास्की, जेठ २९ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
२००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी हुन् । उहाँ पञ्चायतकालदेखि सक्रिय राजनीतिमा छन् । उहाँ २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेक्नु भएको थियो । आन्दोलनमा उनी ५–६ पटक जेल पनि परे । भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गर्नुभएको छ ।
कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बन्नु भएका उहाँ प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी विजयी हुनु भएको थियो । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् ।