काठमाडौं, जेठ २८ : काठमाडौं उपत्यकामा कोरोनाका एक हजार १४२ सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा एक हजार १४२ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९२३, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । हाल काठमाडौंमा दश हजार ५१ जना, ललितपुरमा तीन हजार ९९४ र भक्तपुरमा दुई हजार ९४६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
काठमाडौंमा हालसम्म एक हजार ७५०, ललितपुरमा ५०५ र भक्तपुरमा ३४९ सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा हालसम्म एक लाख ९८ हजार चार, ललितपुरमा ३५ हजार ८११ र भक्तपुरमा २१ ह्जार ३३७ जना सङ्क्रमित भएका छन् ।