बाजुरामा पालिकाले अक्सिजन सहितको आइसोलेसन बेड निर्माण गर्दै

  जेठ ०३, २०७८

बाजुरा, जेठ ३ : पछिल्लो समयमा बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या निर्कै बढ्दै गएको छ । कोरोना बढ्दै गएपछि जिल्लाका विभिन्न पालिका अक्सिजन सहितको आइसोलेसन बेड निर्माण गर्दै आएका छन् ।

रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेपछि सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको हो । गाउँमा जताततै ज्वरो रुघाखोकीका बिमारी देखा पर्न थालेका छन् । कोरोना जाँच गर्न स्वास्थ्य सस्थामा आउन डराएकोले गाउँमा कोरोना उनीहरुमा कोरोना हो या होइन भन्ने कुरा थाहा नभएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

कोरोनाका बिरामीहरु बढ्दै गए पनि जिल्ला अस्पतालमा भने अक्सिजन तथा भेन्टिलेटरको निकै समस्या रहेका छ । गाउँमा रुघाखोकी सँगै ज्वरोका बिरामीहरु बढ्दै गएपछि नगपालिका विभिन्न वडामा स्वास्थ्य सेवा दिन सुरक्षाका मापडण्ड अपनाउँदै स्वास्थकर्मी परीचालन गरी प्राथमिक उपचार गर्दै आएपनि जटिल अवस्थाका बिरामीहरुलाई याहाँका अक्सिजन सहितको भेन्टिलेटर नुहँदा जिल्लाबाट रिफर गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा पिसिआर २ एन्टिजेनबाट ८४७ जनामा परिक्षण गर्दा ३१९ जना सङ्क्रमित देखिएका छन् भने ४ जनाको कोरोनाबाट मृत्यु भएको र ९५ जना निको भएर घर फर्किएका जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो ।

तपाईको प्रतिक्रिया