बुटवलमा अक्सिजन प्लान्ट स्थापना गर्न पालिकाहरुको पहल

  जेठ ०२, २०७८

बुटवल, जेठ २ : अक्सिजनको अभावकै कारण कोरोना संक्रमितको मृत्यु दर बढेपछि रुपन्देहीमा बृहदस्तरको अक्सिजन प्लान्ट उद्योग स्थापना गर्ने सहमति भएको छ ।

बुटवल उपमहानगरपालिकामा आईतवार जिल्लाका पालिकाका प्रमुख तथा संघ संस्थाहरुको वैठकले अक्सिजन प्लान्ट उद्योग स्थापनागर्ने निर्णय गरेको हो । रुपन्देहीका स्थानीय तहबाटै अक्सिजनको स्थायी प्लान्ट सहितको उद्योग स्थापना गर्ने र नियमित उत्पादन गर्ने गरी बुटवल उपमहानगरपालिकाको अगुवाइमा पालिकाहरुका बीचमा छलफल भएको हो ।

बुटवल उपमहानगरकाप्रमुखशिवराज सुवेदीको संयोजकत्वमा प्लान्ट स्थापनाकालागि सात सदस्यीय समिति गठन गरिएको कञ्चनगाउँपालिकाकाअध्यक्षगोकर्णवहादुर क्षेत्रीले बताउनु भयो । उहाँकाअनुसार छिटोभन्दा छिटो प्लान्ट स्थापना गरेर जिल्लाका अस्पतालमा चाहिने सवै अक्सिजनउत्पादनगर्ने पालिकाहरुवीच सहमतिभएको छ ।

कामलाई तीव्ररुपमा अघि बढाउन विज्ञ र प्राविधिकसहितको अर्को कार्यकारी संयन्त्र गठन गरिने बुटवल उपमहानगरपालिकाकाप्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । पालिकास्तरीय समितिमा बुटवल उपमहानगरपालिकाका प्रमुख संयोजक सहित सैनामैना, देवदह, तिलोत्तमा, सियारी र मर्चवारी, शुद्धोधन गाउँपालिकाका प्रमुख सदस्य हुनुहुन्छ ।

समितिले सोमवारदेखि नै विज्ञहरुसंग परामर्श गरी अक्सिजन प्लान्ट उद्योग निर्माणका लागिकाम अघि बढाउने सहमति गरेको छ । त्यसैगरी बैठकले प्लाण्ट स्थापनाका लागि बुटवलले एक करोड, नगरपालिकाहरुले ५०-५० लाख र गाउँपालिकाहरुले २०-२० लाख रकम प्रदान गर्ने पनि सहमति भएको छ । यसैगरी लायन्स क्लबअफ भैरहवा ग्रीनसिटीले भीम अस्पताल भैरहवामा अक्सीजन प्लान्ट स्थापनाको लागि एक लाख एक हजार रुपियाँ सहयोग गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया