कोरोना सङ्क्रमणबाट हेटौँडामा दुई जनाको मृत्यु

  बैशाख २०, २०७८

हेटौँडा, वैशाख २० : कोभिड–१९ को दोस्राे लहरको क्रममा कोरोना सङ्क्रमणका कारण हेटौँडामा थप जनाको मृत्युभएको छ । हेटौँडा अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसीयू) कक्ष र उच्च उपचार कक्ष (एचडीयू) कक्ष सञ्चालनमा ल्याएपछि दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

हेटौँडा अस्पतालका कोभिड इञ्चार्ज डा. सागर काफ्लेले बारा जिल्लाको अमलेखगन्जका ४६ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जानकारी दिनुभयो । ती पुरुषलाई गएराति १२ बजे उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । यसअघि आइतबार राति हेटौँडा उपमहानगरपालिका वडा नं. १ का ५५ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै, वैशाख १० गते हेटौँडा उपमहानगर वडा नं. ४ भैरवरोडका ५० वर्षीय पुरुषको वैशाख ८ गते हेटौँडा उपमहानगरपालिका ४ स्थित कर्राका ७४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । योसँगै मकवानपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६ जना पुगेको छ । हेटौँडा अस्पतालको उच्च उपचार कक्ष (एचडीयू) कक्षमा हाल १७ जना उपचाररत छन् ।

तपाईको प्रतिक्रिया