दमौलीबाट भीरकोट जाँदै गरेको जीप दुर्घटना, एकको मृत्यु, १३ घाइते

  बैशाख १५, २०७८

तनहुँ, वैशाख १४ : दमौलीबाट ऋषिङ गाउँपालिकाको भीरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जीप ऋषिङ गाउँपालिका–१ धारापानीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । मङ्गबार दिउँसो ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी व्यास नगरपालिका–५ पाटनकी २५ वर्षिय मनु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाईते मनुको दमौलीस्थि दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने वर्ष २७ को गितामाया थापा, गीताकै छोरा वर्ष ८ को दीपसन थापा, छोरी ५ वर्षकी अस्मि थापा, सोही गाउँपालिकाको वडा नम्बर ६ का वर्ष ४० का टिकाराम थापा, वर्ष २० की बेलसरा थापा, वर्ष २३ की दिलकुमारी थापा, दिलकुमारीकै छोरी वर्ष २ की सुहाना थापा घाईते हुनु भएको छ ।

यसैगरी सोही ठाउँका वर्ष ३३ का मधुसिंह राना, वर्ष २८ का लालबहादुर परियार, रेखा आले, अनमिका थापा र अनामिकाकै दुई वर्षको छोरी रुपा थापा घाईते हुनु भएको छ । घाईतेको मध्ये दमौली अस्पताल उपचार भईरहेका १३ मध्ये दुई र रत्नहरी अस्पतालमा उपचार भएका दुई गरी चार जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको प्रहरीले जनाएको छ ।

‘‘यात्रु छतमा पनि थिए भित्र पनि कोचाकोच थियो उकालोमा तान्न नसकेर पछि हटी भिरबाट खस्न पुग्यो’’ एक छोरा र छोरीसमेत घाईते भएकी गीता थापाले भन्नुभयो । कच्ची सडकबाट जीप करीव ४० मिटर तल खसेकाले सबै यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान उक्तम बगटीले जानकारी दिनुभयो । ‘‘दमौलीमा आफ्नो क्षमता अनुसार ५ जनामात्रै लिएर गएको थियो अलि पर पुगेर क्षमता भन्दा तेब्बर बढी यात्रु राखेछ’’ प्रहरी जवान बोगटीले भन्नुभयो । जीप व्रेकफल भई दुर्घटना भएको अनुमान प्रहरीको छ ।

तपाईको प्रतिक्रिया