आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न हुँदैन : नेपाल

  चैत ३०, २०७७

जनकपुरधाम, चैत ३० : नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाउनुभयो । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

‘पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ,’ नेता नेपालले भन्नुभयो । देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिष्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा सङ्कट बढ्दै गएको उहाँको भनाइ थियो । भेलामा पार्टीका उप–महासचिव घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया