प्रदेश २ प्रमुखमा झा नियुक्त, तिलक परियार हटाइए

  फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६३ उपधारा (२) बमोजिम नेपाल सरकारको सिफारिशमा उहाँलाई आज प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

गृहमन्त्री रामबहादुर थापाको कोटामा प्रदेश प्रमुख सिफारिस भएका परियारले २०७६ कात्तिक १९ मा शपथ लिनुभएको थियो । ‘हाम्रो झैझगडा र भनाभन पनि होइन, म कुनै गुट/उपगुटमा खुलेको पनि थिइनँ, तटस्थता र निष्पक्षताको भूमिका खेलिरहेको थिएँ,’ परियारले भन्नुभयो, ‘उहाँहरूले प्रतिनिधिसभालाई ‘कु’ गरेको जस्तै एकाएक मलाई पनि ‘कु’ गर्नुभयो ।’

यसअघि राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया