सकियो एमिकस क्युरीको राय

  फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी)ले राय दिने क्रम आज सकिएको छ ।

इजलासले हेर्दाहर्दैमा यही फागुन ११ गतेका लागि पेशी तोकेको छ भने सो दिन निर्णय सुनाउने भन्ने उल्लेख गरेको छैन । अदालतले सोही दिन निर्णय सुनाउने मिति तय गर्ने छ वा फैसला सुनाउने छ ।

वरिष्ठ अधिवक्ता गीता पाठकले आज आफ्नो राय प्रस्तुत गर्दै प्रतिनिधिसभा विघटन गर्ने संविधानमा व्यवस्था नभएको धारणा दिनुभयो । नेपालको संविधानले स्पष्ट व्यवस्था नभएको हुनाले विघटनको अधिकार नदिएको उहाँको राय थियोे ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र विजयकान्त मैनालीले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको राय प्रस्तुत गर्नुभएको छ भने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठकले नेपालको संविधानले विघटन गर्ने अधिकार नदिएको राय दिनुभएको छ ।

तपाईको प्रतिक्रिया