पोखरा र घोराही उपमहानगरबीच अनुभव आदानप्रदान

  चैत ०५, २०७९

लेखनाथ, ५ चैत : पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच न्याय सम्पादनका अनुभव आदानप्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डिसी र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङले न्याय सम्पादनबारे आ–आफ्ना अनुभव आदानप्रदान गरेका हुन् ।

उपप्रमुख डिसीको टोलीमा घोराही उपमहानगरपालिका प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडासदस्यहरु धर्मराज चौधरी, मोहनराज आचार्य, उपेन्द्र अङ्गेली, ओमप्रकाश बस्नेत, गोपाल खड्का, तारा पुरी लगायतको सहभागिता रहेको थियो ।

उक्त टोलीले पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङसँग पोखरा महानगरपालिकामा न्याय सम्पादनमा भइरहेका असल अभ्यास, समस्या र चुनौतीबारे छलफल गर्दै अनुभव आदानप्रदान गर्नुभएको हो । भेटमा उपप्रमुख गुरुङले महानगरले न्यायिक समितिमा आउने विवादका प्रकृति, अवस्थालगायत समग्र महानगरकाको विषयमा जानकारी गराउनुभएको थियो ।

पोखरा महानगरमा विवादको अवस्था हेर्दा मानाचामल, जग्गाको विवाद, ज्येष्ठ नागरिकलाई लालनपोषण नगरेको, साँध सिमाना मिचेको लगायतका विवाद बढी आउने गरेको बताउनुभयो । उहाँले विवाद समाधानका लागि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना, मेलमिलापकर्ताको सूचीकृत लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया