दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँले बढ्यो

  चैत ०१, २०७९

काठमाडौँ,  १ चैत : दुग्ध विकास संस्थान (डीडीसी) ले भोलि (बिहीबार)देखि लागु हुने गरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसअघि सरकारले किसानका लागि दूधको मूल्य निर्धारण गरेको र संस्थाकै आन्तरिक लागत समेत बढ्ने भएकाले दूधको मूल्य बढाउनु परेको उहाँले बताउनु भयो । धेरै क्षेत्रको दूध संकलन गरेर ल्याइ त्यसलाई प्रशोधनपछि वितरण गर्नु पर्ने भएकाले लागत बढ्न गई प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाउनु परेको उहाँको भनाइ छ ।

योसँगै दूधको मूल्य अब ८६ रुपैयाँबाट बढेर ९७ रुपैयाँ पुग्ने भएको छ । यस्तै प्याकेट ४३ रुपैयाँ पर्ने स्टान्डर दूधको मूल्य अब ४८।५० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया