चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन

  माघ २२, २०७९

काठमाडौँ, माघ २२ : चालू खर्च कटौतीसम्बन्धी कार्यदलले आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकाराम जमकट्टेलाई प्रतिवेदन बुझाएको छ ।

मुख्यमन्त्रीको कार्यालयमा कार्यदलले आज प्रतिवेदन बुझाएको हो । प्रदेशमन्त्री परिषद्को यही माघ १० गतेको निर्णयानुसार उक्त कार्यदल गठन गरिएको थियो । उक्त कार्यदल आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा चार सदस्यीय थियो ।

कार्यदलको प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री जमकट्टेलले प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गरिने बताउनुभयो । उहाँले प्रतिवेदनमा औँल्याइएका विषयलाई प्रदेशका सबै निकायले कार्यान्वयन गर्ने र त्यसका लागि आवश्यक निर्देशन दिइने उल्लेख गर्नुभएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीले कम्तीमा पनि १५ प्रतिशत चालू खर्च कटौती गर्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया