अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून

  माघ २०, २०७९

वासिङ्टन, माघ २० : गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने अमेरिकाको श्रम विभागले एक रिपोर्टमा भनेको छ, “जनवरीमा पाँच लाख १७ हजार रोजगारी थपिएपछि रोजगारीको दर ३.४ प्रतिशतमा झरेको छ ।”

“अवकाश र आतिथ्य, आर्थिक तथा व्यावसायिक सेवा र स्वास्थ्य सेवामा भएको वृद्धिका कारण रोजगारीको वृद्धि व्यापक भएको छ,” प्रतिवेदनमा भनिएको छ ।

यो आँकडा नीति निर्माताहरूका लागि चिन्ताजनक सावित हुनसक्छ । किनकी यसले रोजगारीको लाभमा थप गिरावटको अपेक्षालाई अस्वीकार गर्दछ र गत डिसेम्बरको दुई लाख ६० हजार रोजगारीको सङ्ख्याबाट तीव्र वृद्धिको सङ्केत गर्दछ ।

केन्द्रीय बैंकरहरूले बढ्दो मुद्रास्फीतिलाई कम गर्न आक्रामक अभियान सुरु गर्दा, चिन्ताको एक प्रमुख क्षेत्र श्रम बजार भएको छ । अमेरिकी श्रम बजारमा उपलब्ध कामदारहरूको आपूर्तिभन्दा बढी माग छ र रोजगारदाताहरू महामारीको समयका आफ्ना कर्मचारीहरू कायम राख्न उत्सुक छन् ।

सामान्यतया ब्याज दर बढ्दै जाँदा बेरोजगारी बढ्ने देखिए पनि बेरोजगार दर ऐतिहासिक रूपमा न्यूनस्तरमा रहेको छ । फेडरल रिजर्भले पनि उच्च तलबले सेवा मुद्रास्फीतिमा योगदान गर्नसक्छ भन्ने चिन्तामा ज्याला वृद्धिको निगरानी गरिरहेको छ ।

जनवरीमा औसत अमेरिकीको प्रतिघण्टा आम्दानी ०.३ प्रतिशतले बढेर ३३.०३ डलर पुगेको श्रम विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया