नेपालगञ्जमा स्वास्थ्य प्रवद्र्धनलाई प्राथमिकता

  माघ २०, २०७९

नेपालगञ्ज उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिएको छ ।

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले नगरका २३ वटै वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलो पटक एक जना ‘एमबिबिएस’ र ‘ल्याब टेक्निसियन’सहित स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएकोे छ । केन्द्रका लागि उपमहानगरपालिकाले ऐन, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरिरहेको छ ।

“विशेषज्ञ सेवाका लागि नेपालगञ्जमै भेरी अस्पताल रहेकाले नागरिकको स्वास्थ्य प्रवद्र्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएकोे छ”, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भन्नुभयो, “अहिले विकराल बन्दै गएको नसर्ने रोगको अवस्थालाई मध्यनजर गरी केन्द्रबाट नगरवासीलाई स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम तथा सेवा प्रवाह गरिनेछ ।”

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै हुँदै गएकाले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिकरूपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने भएकाले स्वास्थ्य प्रवद्र्धनका लागि सबैले पैरवी गर्ने बेला आएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया