हृदेन्द्र पार्क निर्माण प्रक्रिया सुरु

  माघ १८, २०७९

विराटनगर,माघ १८ : विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो ।

मङ्गलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र वडा नं १ का अध्यक्ष काजीबहादुर बस्नेतको उपस्थितिमा प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । महानगरले सोही अध्ययन प्रतिवेदनका आधारमा पार्क निर्माण गर्नेछ ।

छ कठ्ठा क्षेत्रफलमा फैलिने उक्त पार्कमा अत्याधुनिक प्रवेशद्वारसहित स्वीमिङ पुल, जीपलाइन, भुलभुलैया, पार्किङ, कफीसप, फाउन्टेनलगायतका सुविधा हुनेछन् । महानगरले चालु आर्थिक वर्षका लागि रू एक करोड रकम विनियोजन गरेको छ ।

प्रमुख कोइरालाले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताउनुहुदै १० दिनभित्र अन्तिम अध्ययन प्रतिवेदन बुझाउन परामर्शदातालाई निर्देशनसमेत दिनुभयो ।

प्रतिवेदनले अन्तिम रुप लिएपछि ठेक्का प्रक्रियाबाट काम अगाडि बढाइने छ ।

तपाईको प्रतिक्रिया