अनुगमन बढाउन स्वास्थ्यमन्त्रीको निर्देशन

  माघ १७, २०७९

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अनुगमनलाई चुस्त बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।

आज विभागको अनुगमन र ब्रिफिङ कार्यक्रममा उहाँले सीमित जनशक्ति र स्रोतका बाबजुद औषधि अनुगमनलाई कुनै पनि बहानामा सङ्कुचित नगर्न निर्देशन दिनुभएको हो ।

“बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती छन् । जनशक्ति र भौतिक पूर्वाधारको अभावको बहानामा नागरिकको स्वास्थ्यसँग खेलबाड गर्न पाइँदैन”, उहाँले भन्नुभयो ।

विभागले चालु आर्थिक वर्षमा गरेको तीन सय २६ नमुना परीक्षणमा न्यून गुणस्तर भएका औषधिको सङ्ख्या २३ वटा अर्थात् सात प्रतिशत रहेको छ । मन्त्री गिरीले सबै ठाउँमा अनुगमन गर्न सके अझ धेरै न्यून गुणस्तरका औषधि भेटिनसक्ने आशङ्का व्यक्त गर्दै अनुगमन बढाउन निर्देशन दिनुभएको हो ।

उहाँले औषधि अनुमगन र नियमनका लागि बजेटको अधिकतम प्रयोग÷खर्च गर्न सुझाव दिँदै भन्नुभयो, “बजेट छैन भन्ने गुनासो गरिहँदा आठ महिनासम्म पुँजीगत खर्च सात प्रतिशत मात्रै छ । के कारण खर्च हुन सकेन र के विषयमा सहजीकरण गर्नुप¥यो रु भन्नुहोस् खर्च गर्न सक्ने क्षमता वृद्धि गर्न सकेमात्र आगामी वर्षमा बजेट बढ्छ ।”

मन्त्री गिरीले देशभर बिक्री वितरण हुने औषधिको अनुगमन र नियमनका लागि सातै प्रदेशमा कार्यालय स्थापनादेखि जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । त्यसका लागि विभागले क्षमता अभिवृद्धिका लागि ठोस कार्ययोजना बनाउनुपर्ने उहाँको सुझाव छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले अनलाइन सपिङ र औषधिको विज्ञापनतिर नियमन गर्नुपर्ने बताउनुभयो । “बजारमा दाँत चम्काउने, कपाल उमार्ने र पाचन प्रणालीलाई राम्रो बनाउने भनिएका औषधिका विज्ञापनहरुको गुणस्तर कस्ले मापन गरिरहेको छ रु यसको तथ्याङ्क र समाधानका बाटाहरु के–के हुन सक्छन् यसका उपायसहित आउनूहोस्”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया