मुख्यमन्त्री जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

  माघ १७, २०७९

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा ९माओवादी केन्द्र०का युवा नेता देवीप्रसाद ढकाल नियुक्त हुनु भएको छ ।

भक्तपुर निवासी ढकाललाई आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । विशेष गरी अर्थ राजनीतिक विषयका जानकार ढकालको ‘समाजवाद र नेपाल’ पुस्तक प्रकाशित छ । यसअघि उहाँका विभिन्न छ वटा पुस्तक समेत प्रकाशित भइसकेका छन् । मुलुकको अर्थतन्त्र तथा सामाजिक न्यायका विषयमा चासो राख्ने र सोही विषयमा कलम चलाउने ढकाल माओवादीभित्र बौद्धिक नेताको परिचय बनाउनुभएको छ ।

यसअघि तत्कालीन अर्थमन्त्री बर्षमान पुनको प्रमुख स्वकीय सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएका ढकाल गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनावी घोषणापत्र लेखन समिति सदस्यका रुपमा समेत काम गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया