माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा

  माघ १७, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० को अध्यक्षतामा सुरु भएको हो ।

नागरिकता प्रकरणमा दोषी देखिएर उपप्रधान तथा गृहमन्त्रीबाट रवि लामिछाने बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति बनाएको छ । तर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलेको सहमति कायम हुनुपर्ने अडान राख्दै आएका छन् । सोही विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

यस्तै, माओवादीले राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ । बैठकमा राष्ट्रपति र गृहमन्त्रीका साथै भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे पनि छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया