‘घृणाको सोच’ले भारतलाई असर गरिरहेको तुषार गान्धीको भनाइ

  माघ १५, २०७९

मुम्बई, माघ १५ : भारतको धार्किक राष्ट्रवादको बढ्दो तरङ्गले महात्मा गान्धीको विरासतको अपमान भएको उहाँका नातिले बताउनुभएको छ ।

भारतका राष्ट्रपितासमेत भनेर चिनिने अहिंसावादी स्वर्गीय नेता गान्धीका विचारहरू अहिले भारतमा चिन्ताजनक प्रतिध्वनिका रूपमा रहेका गान्धीका नाती, लेखक तथा सामाजिक कार्यकर्ता तुषार गान्धीले बताउनुभएको हो ।

सन् १९४८ जनवरी ३० का दिन बहुधार्मिक प्रार्थना सभामा गान्धीको गोली हानी हत्या गरिएको थियो । उहाँलाई देशको अल्पसङ्ख्यक मुस्लिम समुदायसँगको मेलमिलापको भावबाट रिसाएका धार्मिक कट्टरपन्थी नाथुराम गोड्सेले हत्या गरेका थिए । गोड्सेलाई गान्धीको हत्या भएको एक वर्षपछि मृत्युदण्ड दिइएको थियो । यद्यपि मृत्युदण्डको भारतमा व्यापक निन्दा भएको थियो ।

“त्यो सम्पूर्ण दर्शन अहिले आइपुग्दा भारत र भारतीय हृदय, घृणा, ध्रुवीकरणको सिद्धान्त र विभाजनको सोचमा रूपान्तरण भएको छ,” उहाँले एएफपीसँग भन्नुभयो । “उनीहरूका लागि गोड्से उनीहरूको प्रतिष्ठित देशभक्त, आदर्श हुनु स्वाभाविक थियो,” उहाँले थप्नुभयो ।

त्रिसठ्ठी वर्षीय तुषारले प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)को उदयलाई यो प्राविधिक परिवर्तनको श्रेय दिनुभएको छ । तुषारले भन्नुभयो, “उहाँ (मोदी)को सफलता भारतीयहरूको हितमा आधारित छैन, हामीले यसलाई स्वीकार गर्नुपर्छ ।”

“उहाँले के गरिरहनुभएको छ उहाँको हृदयलाई यो पनि थाहा छ तर उहाँले समस्यामा इन्धन थपिरहनुभएको छ । यसले एक दिन भारतलाई नै भस्म पार्नेछ,” तुसारले भन्नुभयो । अहिंसाको पर्यायवाची व्यक्तिको हत्या गर्ने गोड्सेको निर्णयलाई हेर्ने दृष्टिकोणको पुनर्मूल्याङ्कनको लागि तुसारले दबाब दिनुभएको हो ।

मोदी निर्वाचित भएको एक वर्षपछि सन् २०१५ मा नयाँ दिल्ली नजिकै गोड्सेलाई समर्पित मन्दिर निर्माण गरिएको थियो र अधिकारकर्मीहरूले गोड्सेको सम्मानमा भारतको एक सहरको नाम परिवर्तन गरेर उनको सम्मानमा अभियान चलाएका छन् । गोड्से राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का सदस्य थिए, जुन अझै पनि प्रमुख हिन्दू कट्टरवादी समूह हो ।

तपाईको प्रतिक्रिया