अन्तर्राष्ट्रिय महोत्सवका लागि ३५ मुलुकका ९५ चलचित्र छनोट

  माघ ११, २०७९

काठमाडौँ,माघ ११ : छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि विभिन्न ३५ देशका ९५ चलचित्र छनोट भएको छ । महोत्सव आउँदो चैत २ देखि ६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निफका अध्यक्ष केपी पाठकले महोत्सवमा ५५ देशबाट आएका करिब पाँचसय चलचित्रमध्ये उत्कृष्टलाई छनोट गरिएको जानकारी दिनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रको सात विधामा १४ पुरस्कार वितरण गरिनेछ ।

यसपटक निफका प्रतिस्पर्धी चलचित्र छायाँ सेन्टर, सिभिल मल, लविम मललगायत सिनेमा हलमा प्रदर्शन गरिनेछ । यस क्षेत्रका अनुभवी चलचित्रकर्मी र कलाकारको सहभागितामा विविध कार्यशाला, अन्तक्र्रियासमेत महोत्सवमा सञ्चालन गरिनेछ ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न अवसर मिल्ने बताउँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया