शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्ति सम्मानित

  माघ ०९, २०७९

विराटनगर,माघ ९ : विराटनगरस्थित जेनिथ इन्टरनेसनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई आज सम्मान गरेको छ ।

कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याएबापत सम्मान गरिएको हो । सम्मानित हुनेमा शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुङ्गेल र डा विमला श्रेष्ठ हुनुहुन्छ । सम्मानित हुने ढुङ्गेल विराटनगरस्थित मेरिल्यान्ड कलेजका अध्यक्ष हुनुहुन्छ भने डा श्रेष्ठ विराटनगर स्थापित विमला श्रेष्ठ साहित्य प्रतिष्ठानका संस्थापक हुनुहुन्छ ।

त्यस्तै क्याम्पसको प्राध्यापक डा प्रमोकुमार झा र अनुज शर्मालाई पनि सम्मानित गरिएको छ । उहाँहरु स्थापनाकालदेखि हालसम्म अनवरत रुपमा सोही कलेजमा प्राध्यापन गर्दै आउनुभएको छ । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला र क्याम्पसका कार्यकारी अध्यक्ष प्राडा दुर्गानन्द चौधरीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सो अवसरमा बिबिए र एमबिए अध्ययन पूरा गरेर जाने विद्यार्थीलाई बिदाइ र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो । त्यस्तै २०७९ सालमा भएका विभित्र खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया