खाद्यले धान खरिदका लागि लगायो काँटा

  मंसिर २३, २०७९

बर्दिया, मङ्सिर २३ : राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले आजदेखि किसानको धान खरिद सुरु गरेको छ । खाद्यले केन्द्रबाट बजेट निकासा भएसँगै आजदेखि धान खरिदका लागि काँटा लगाएको हो ।

बजेट ढिलो निकासा भएकाले खरिद प्रक्रिया लम्बिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरका प्रमुख धर्मराज पन्तले बताउनुभयो । कम्पनीले यस वर्ष सरकारले मोटो धान प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मसिनो धान रु तीन हजार एक सय २८ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया