कलकत्ताको सुन्तला महोत्सवमा नेपाली पहिचान झल्कदै

  मंसिर २३, २०७९

बाजुरा, मङसिर २३ : मङसिर महिना सुरु हुनेवित्तिकै बाजुराको जताततै गाउँतिर गुञ्जिने दमाहा बाजा लोप हुँदैगएको छ । विवाहको समय बज्ने त्यो दमाहा बाजाले मङसिर महिनामा रौनकता छाएको हुन्थ्यो । केही वर्ष यता गाउँमा विवाहको बेला बजाइने दमाहा बाजा बज्न छोडेको छ ।

पहिले एक गाउँबाट अर्को गाउँमा जाने बरियात जन्तिलाई सजाएर बाटो सेताम्य हुनेगरी जामा लगाएर बजाउने दमाहा बाजा बजेको सुन्दा जोकोहीलाई रमाइलो हुन्थ्यो ।

मङसिर, माघ, नयाँ वर्ष बैशाख र जेठमा विवाहको बेला गुन्जिने दमाहा बाजा पछिल्लो समय बिस्तारै लोप हुँदैआएको ज्येष्ठ नागरिकहरुको बुझाइ छ । विवाहमा जाने जन्ति, दमाहा बाजाले एक गाउँको कला संस्कृति अर्को गाउँलाई देखाउने र त्यसको सिकाइ अन्य गाउँकाले गर्दा दमाहा बाजाको जगेर्ना हुँदैआएको थियो ।

अहिले गाउँमा हुनेगरेको विवाह भोज, भुवा भैलो लगायतका चाडपर्वले अर्कै मोड लिएपछि गाउँमा गुञ्जिदैआएको दमाहा बाजा विस्तारै लोप हँुदैआएको छ । पहिला गाउँमा ठूलो जन्त भएपछि दमाइले जामा पहिरेर दमाहा बजाउने गर्दा जन्ति जान रमाइलो हुनेगरेको स्थानीयको भनाइ छ ।

एक गाउँबाट अर्को गाउँसम्म जाँदा हिडेर जानुपथ्र्यो, दमाहा बाजा बजाएर यसरी हिड्दा टाढाका मानिसहरुले हेर्ने र रमाइलो गर्थे । जन्तमा बेहुली ल्याउन जाँदा हामीले पहिरेको जामा र बजाएको दमाहाले बाजुराको कला संस्कृतिको जर्गेना भएको थियो ।

अहिले त्यो चलन लोप हुँदैगएकाले बाजुराको कला संस्कृति समेत हराउने चिन्ता भएको बूढीगङ्गा नगरपालिका –१० तिमाडाका स्थानीय रिने नेपालीले बताउनुभयो । जामा भनेको विवाहमा बाजा बजाउँदाको समयमा स्थानीयले लगाउने एक किसिमको पोशाक हो । लगाएर विवाहमा बाजा बजाउँदा रमाइलो हुने गरेकाले बाजा बजाउनेले त्यो पोशाक लगाउने गरेको बताउनुभयो ।

सेतो कपडाले बनाएको त्यो पोशाक पहिले भारतमा मात्र पाउने गथ्र्यो । पोशाक पहिलेका पुस्ताले घरमा राम्रोसँग सजाएर राख्ने गर्थे । अहिलेको नयाँ पुस्तालाई यसको औचित्य थाहा नुहुँदा जामाको पहिचान हराएकोे नेपालीले बताउनुभयो ।

गाउँमा हुने विवाह, भुवा पर्वमा प्रायः त्यो पोशाक दमाइले लगाउँछन् । पहिला विवाह हुँदा एक गाउँबाट अर्को गाउँसम्म हिँडेर जन्ति जानुपथ्र्यो । अहिले सडक यातायातको सुविधा भएपछि त्यो चलन पनि विस्तारै लोप हुँदैगएको छ ।

जामा पहिरी दमाहा बजाएर गएको जन्तले कला संस्कृतिको उपमा दिने गर्थे । अहिले त्यो लोप हुन थालेपछि संस्कृतिक नै लोप हुन थालेको संस्कृतिका जानकारहरुको चिन्ता छ । पहिले जन्ति जाँदा दमाइले जामा लगाएर दमाहा बजाउने र बीच–बीचमा पर्छो खेल्ने गर्थे । यसरी बाटोमा पर्छो खेलेबापत बेहुला र बेहुलीका आफन्तले बाजा बजाउनेलाई केही दक्षिणास्वरुप पैसा दिन्थे ।

पहिलेका पुस्ताले विवाह, भुवा पर्व चलनमा ल्याएको यो दमाहा र जामा बाजुराबाट विस्तारै लोप हुँदैगएको छ । पछिल्लो समय युवा पुस्ताले विवाह गर्दा जामा लगाएर जन्ति जान छाडेका छन् । बूढीगङ्गा नगरपालिका –१० बदेडाका ज्येष्ठ नागरिक नयाँ सार्कीले पहिला गाउँमा ठूला जन्त हुने र त्यो जन्तमा दमाइले जामा लगाएर बाजा बजाउने गरेको स्मरण गर्नेभयो ।

बाजा बजाएर विवाह गर्दा अहिले दुई चार लाख रुपियाँ खर्च हुन्छ । त्यसैले पनि अहिले गाउँमा दामाहा बजाउन बोलाउन छाडेको उहाँले बताउनुभयो । सार्कीले भन्नुभयो, “त्यतिबेलामा गाउँमा कसको विवाह हो भन्ने कुरा बाजाबाट नै थाहा हुन्थ्यो । अहिले कसको कति बेलामा विवाह हुन्छ, कसले कति बेलामा गाउँमा बेहुली ल्याएर आउँछ, केही थाहा हुँदैन ।”

पहिला जन्त जाँदा जामा लगाएर बाजा बजाएर डोली शृङ्गारिन्थ्यो भने अहिले बस, जिप शृङ्गार्ने गरेको स्थानीयको भनाइ छ । खप्तड छेडेदह –१ का ज्येष्ठनागरिक पदमा दमाइले पहिला बुहारी माग्न जाँदा जन्त ल्याउने भए मात्र छोरी दिन्छु भन्नेगरेको स्मरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया