जिप दुर्घटनामा चालकको मृत्युु

  मंसिर २३, २०७९

बैतडी, मङ्सिर २३ : बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।

डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो । चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया