प्रदेश खेलकुद परिषद्मा अभिमुखीकरण

  मंसिर १७, २०७९

गण्डकी, मङ्सिर १७ : प्रदेश खेलकुद परिषद् गण्डकीमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद्का सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीलाई लक्षित गरी अभिमुखीकरण तालिम प्रदान गरिएको प्रदेश खेलकुद परिषद्का सदस्य घनश्याम पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिनुभयो ।

खेलकुदमा सुशासन पहिलो दायित्व रहने उल्लेख गर्दै उहाँले जिल्ला खेलकुदको भूमिकालाई अझै प्रभावकारी बनाउन परिषद्ले चालु आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरिएको जानकारी दिनुभयो ।

खेलकुद कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरूको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो हुनसक्ने उहाँको भनाइ छ ।

प्रदेश खेलकुदका कार्यकारी सदस्य दिलबहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश खेलकुद गण्डकीले प्राप्त गरेको सफलताले गौरवको अनुभूति भएको बताउँदै प्रदेशका सबै जिल्लाले प्राप्त बजेटको समुचित प्रयोग र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

परिषदका लेखा प्रमुख नीलकण्ठ ढकालले जिन्सी र लेखा प्रणालीलाई व्यवस्थित बनाउनेबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया