राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

  कार्तिक १३, २०७९

काठमाडौं, कात्तिक १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगेर उहाँले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभयो । आइतबार नै राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण भएको छठ पूजास्थलमा सूर्यसहित छठी माताको पूजा गर्नुभएको थियो ।

पूजास्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षासेवी, उद्योगी व्यवसायीलाई सम्मान गर्नुभएको थियो । पूजास्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया