सल्यानका किसानलाई धान भित्र्याउन चटारो

  कार्तिक १३, २०७९

सल्यान, कात्तिक १३ : सल्यानको शारदा नदी आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन व्यस्त रहेका छन् । शारदा नदी, दार्माखोला, मर्मखोला र मुलखोला आसपासमा धान खेती हुनेगरेको छ । निरन्तर वर्षाका कारण यस वर्ष धान राम्रो उत्पादन भएको कृषकहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया