विजयादशमीसम्म वर्षाको सम्भावना

  असोज १८, २०७९

काठमाडौ, असोज १८ : सातादेखि लगातार परेको वर्षा मङ्गलबार र बुधबार पनि निरन्तर पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको जनाएको छ ।

बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमतर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली हुँदा मङ्गलबार र विजयादशमी अर्थात बुधबार देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया