राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठको दर्शन

  असोज १७, २०७९

काठमाडौं, असोज १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काठमाडौंका विभिन्न शक्तिपीठमा पुगेर दर्शन गर्नुभएको छ । दशैंको अवसरमा हरेक वर्षजस्तै राष्ट्रपति भण्डारीले राजधानीका शक्तिपीठ नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवीमा पुगेर दर्शन गर्नुभएको हो । उहाँले दर्शन गरेपछि टीका र प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्र प्रमुखले दशैंको अवसरमा विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ ।

तपाईको प्रतिक्रिया