मालोर्कालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

  असोज १६, २०७९

काठमाडौं, असोज १६ : स्पेनिस पावर हाउस बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई उसैको मैदानमा १–० गोलले हरायो ।

बार्सिलोनाको किठन जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गर्नुभयो । रोबर्टले २० औं मिनेटमा अन्सु फातीको पासमा गरेको गोल बार्सिलोनाको जितमा प्रयाप्त बन्यो ।

जर्मन क्लब बायर्न म्युनिखबाट यसै सिजन बार्सिलोना पुग्नुभएका रोबर्टले ला लिगाका पछिल्ला सात खेलमा ब्यक्तिगत नौ गोल गरिसक्नुभएको छ । जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अंक बनाएको छ ।

पराजित मालोर्का ८ अंक सहित तालिकाको दशौं स्थानमा छ । आठ अंक बनाएको मालोर्का १०औं स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १८ अंक छ । रियलले एक खेल कम खेलेको छ ।

शनिबार राति नै भएको अन्य खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई २-० र रियल भालाडोलिडले गेटाफेलाई ३-२ गोलले पराजित गरेको छ । भिल्लारियल र काडिजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

तपाईको प्रतिक्रिया