सङ्गीतज्ञ रामहरि गुरुङको निधन

  असोज १०, २०७९

काठमाडौँ, असोज १० : सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान कलङ्कीस्थित निवासमा निधन भएको छ । तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पु-याउनुभएको छ । उहाँले रेडियो नेपालमा शास्त्रीय सङ्गीतमा लामो समयसम्म सेवा गर्नुभएको थियो ।

नेपालमा उस्ताद गणेशलाल श्रेष्ठ र भारतमा अमिर हुसेन खाँसँग तबला वादनको शिक्षा लिनुभएका गुरुङले विभिन्न भजन र आधुनिक गीतमा समेत सङ्गीत दिनुभएको उहाँका शिष्य मनराज नकर्मीले राससलाई जानकारी दिनुभयो । स्वर्गीय गुरुङका दुई छोरी र एक छोरा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया