किशोरमैत्री कथासंग्रह ‘तनुजा’ विमोचित

  असोज १०, २०७९

काठमाडौं, असोज १० : साहित्यकार डा जानुका पौडेल नेपालको किशोर मनोविज्ञानपरक कथाकृति ‘तनुजा’ को आज विमोचन गरिएको छ । साहित्यपोष्ट डटकमद्वारा आज आयोजित कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा ब्रतराज आचार्यले सो कृतिको विमोचन गर्दै कथा लेखनमा नयाँ स्रष्टा थपिने क्रम बढेको र समाजको वास्तविक चित्र कथाका माध्यमबाट अभिव्यक्त गर्न सकिने बताउनुभयो । संग्रहमा कूल एक सय ८२ पृष्ठको सो कृतिमा २० कथा रहेका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपाल, साहित्यकारहरु विजय चालिसे, डा रेणुका सोलुलगायतले कथाकृतिले समाजको यथार्थ चित्र प्रस्तुत गरेको बताउँदै कलात्मक तथा द्वन्द्वात्मक पक्षमा सुधार ल्याउन लेखकलाई सुझाव दिनुभयो । काठमाडौँको नीलबाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा नेपाल, नेपाल महिला शिक्षक समाजका अध्यक्षसमेत हुनुहुन्छ । उहाँले नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्यावारिधी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया