अफगानिस्तानमा फेरि पनि टिकटक बन्द

  असोज ०३, २०७९

काबुल, असोज ३ : अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको कम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको पुष्टि गरेका हुन् ।

मुस्लिम समुदायले अवलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरूको भनाइ छ । प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ । अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।

तालिबान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेबसाइट बन्द गरिदिएको थियो ।तालिबान सरकारका सञ्चार मन्त्री नाजिबुल्लाह हक्वानीले भन्नुभयो, “हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेभसाईट बन्द गरेका छौँ, एउटा बन्द गर्‍यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।”

तपाईको प्रतिक्रिया