बाढीमा परी ३१ जनाको मृत्यु, कैयौं बेपत्ता

  साउन ३१, २०७९

काबुल, साउन ३१ : अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीले कम्तीमा ३१ जनाको मृत्यु हुनुको साथै १७ जना घाइते भएका छन् । मृतक सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको बख्तर राज्यको समाचार समितिले जानकारी दिएको छ । अफगानिस्तानको पहाडी इलाकामा आएको यस बाढीमा परी दर्जनौं मानिस बेपत्ता भएका खामा प्रेसले जानकारी दिएको छ ।

आवासीय घरहरू र सयौं एकड खेती खेतहरू ध्वस्त भएका स्थानीय स्रोत जानकारी दिएको छ । भीषण बाढीका कारण परवान–बम्यान राजमार्ग अवरुद्ध भएको छ ।

भारी वर्षा र बाढीले पूर्वमा नान्गाहार प्रान्त र उत्तरमा पन्जशिर प्रान्तलगायत अन्य धेरै अफगान प्रान्तहरूलाई पनि असर गरेको छ ।बाढीले सयौं आवासीय संरचना, हजारौं एकड खेतबारी र दर्जनौं बगैंचामा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।

करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा आएको बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया