पहिलाे जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु

  साउन २९, २०७९

हम्ला, साउन २९ : जनै पूर्णिमाको अवसरमा पहिलो पटक जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु भएको छ । देउडा संस्कृति बचाउन आयोजना गरिएको प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले देउडा गाएर उद्घाटन गर्नुभएको थियो ।

सिमकोट गाउँपालिकाले आर्थिक सहयोग गरेको सो प्रतियोगितामा सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिका गरी २१ देउडा समूहका बीच प्रतियोगिता सुरु भएको आयोजक कर्णाली कलाकार संस्थाका अध्यक्ष मानबहादुर रावतले बताउनुभयो ।

त्यसमा १७ वटा महिला र चार वटा पुरुषका समूहबीच प्रतियोगिता सुरु भएको हो । समूह विभाजन गरेअनुसार महिला पुरुषबीच पनि भिड्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुने समूहले पचास हजार, द्वितीय हुनेले तीस हजार, तृतीया हुनेले बीस हजार र सान्त्वना हुनेले दश हजार रुपियाँ पाउनेछन् ।

तपाईको प्रतिक्रिया