सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  साउन २९, २०७९

काठमाडौं, साउन २९ : सुदूरपश्चिम प्रदेशमा आइतबार भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि पानी परिरहेको छ तर पश्चिममा भने भारी बर्षा हुने र मधेस प्रदेशमा बर्षा नहुने जनाएको हो ।

मधेस प्रदेश बाहेक अन्य प्रदेशमा सामान्य वदली हुने महाशाखाले विज्ञप्ती मार्फत जनाएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। आइतबार दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आइतबार राति प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा  र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको महाशाखाले जनाएको छ।

भोलि सोमबार प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार पनि कर्णाली प्रदेश, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया