रियलले चुम्यो सुपर कप उपाधि

  साउन २६, २०७९

काठमाडौं, साउन २६ : यूईएफए सुपर कप फुटबलको उपाधि स्पेनिस पावर हाउस रियल म्याड्रिडले जितेको छ । फिनल्यान्डमा बुधबार राति भएको खेलमा रियलले जर्मन प्रतिद्वन्द्वी आइन्ट्राक्ट फ्रान्कफर्टलाई २–० गोलले हराउँदै रियलले उपाधि चुमेको हो ।

रियलले नयाँ सिजनमा उपाधिबाट सुरुवात गरेको छ । रियलको जितमा डेविड अल्बा र करिम बेन्जेमाले गोल गर्नुभयो । रियलले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । आल्बाले ३७औं मिनेटमा क्यासेमिरोको पासमा गोल गर्दै रियलको उत्साह जगाउनु भएको थियो ।

६५औं मिनेटमा बेन्जेमाले भिनिसियर जुनियरको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा रियल सजिलै च्याम्पियन बन्यो । नयाँ सिजन अघि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच सुपर कप हुने गर्दछ ।

रियलको यो पाँचौं सुपर कप उपाधि हो । रियलले सर्वाधिक सुपर कप उपाधि जित्ने टोलीको शीर्षस्थान पनि बराबरी गरेको छ । यसअघि बार्सिलोना र एसी मिलानले पाँच–पाँच पटक उपाधि जितेका थिए । रियलले सन् २००२, २०१४, २०१६ र २०१७ मा सुपर कप उपाधि जितेको थियो । रियल सन् १९९८, २००० र २०१८ मा उपविजेता बनेको थियो ।

तपाईको प्रतिक्रिया