सन्दीप आईएल टी-२० का मार्की खेलाडी

  साउन २३, २०७९

काठमाडौं, साउन २३ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरव इमिरेट्स (यूएई)मा हुने इन्टरनेशनल लिग (आईएल) टी-२० क्रिकेट खेल्ने पक्का भएको छ । इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल लिगमा विश्वका नाम चलेका स्टार खेलाडीसँगै नेपाली लेगस्पीनर सन्दीप पनि मार्की खेलाडीको रुपमा अनुबन्ध हुनुभएको हो ।

बोर्डले सोमबार विज्ञप्ती निकाल्दै विश्वका चर्चित खेलाडीहरु आन्द्रे रसेल, मोइन अली, सुनिल नारिन, क्रिस लिन, कोलिन मनरो, वानिन्दु हसरंगा, सन्दीप लामिछाने लगायत अन्तर्राष्ट्रिय खेलाडीले पहिलो संस्करणमा मार्की खेलाडीको रुपमा सम्झौता गरेको उल्लेख गरेको छ । यस लिग सन् २०२३ जनवरीमा हुनेछ । जसमा ६ वटा फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

यस लिगका लागि आईपीएल फ्रेन्चाइज कोलकता नाइट राइडर्सले टिम किनेको छ । आईएल लिगमा हरेक टिममा १८ खेलाडी हुनेछन् ।जसमा यूएईका चार र अन्य एसोसिएट राष्ट्रका दुई खेलाडी रहने प्रावधान रहेको छ । बाँकी अन्तर्राष्ट्रिय खेलाडीको नाम छिटै सार्वजिनक गरिने इमिरेट्स क्रिकेट बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया