चेल्सीको सुखद सुरुवात

  साउन २२, २०७९

काठमाडौं, साउन २२ : लन्डन क्लब चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा चेल्सीले शनिबार राति एभर्टनलाई उसैको मैदानमा १-० गोलले हरायो । चेल्सीको जितमा जर्जिन्होले निर्णायक गोल गर्नुभयो ।

जर्जिन्होले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गरेको गोल चेल्सीको जितमा प्रयाप्त बनेको थियो । डिबक्सभित्र विपक्षी अब्दुलाए डुकुरेले बेन चिल्वेललाई लडाएपछि चेल्सीले पेनाल्टीको मौका पाएको थियो । एभर्टनले मौका पाएपनि गोल गर्न सकेन । जितसँगै चेल्सीले तीन अङ्क बनाएको छ ।

शनिबार राति नै भएको अन्य खेलमा टोट्टनहामले साउथह्याम्पटनलाई ४-१ गोलले पराजित गरेको छ । टोट्टनहामको जितमा रायन सेस्सेनन्, एरिक डाएर र डेजान कुलुसेभ्सकीले गोल गर्नुभयो । टोट्टनहामले अर्को गोल विपक्षीबाट आत्मघाती उपहार पाएको थियो । साउथह्याम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले गोल गर्नुभयो ।

अर्को खेलमा न्युकासल युनाइटेडले नयाँ टोली नटिङहम फरेस्टलाई २-० गोलले हरायो । न्युकासलको जितमा फाबियन सेर र क्यालम विल्सनले गोल गर्नुभयो । लिड्स युनाइटेडले वल्भ्सलाई २-१ तथा बर्नमाउथले एस्टन भिल्लालाई २-० गोलले स्तब्ध बनायो । अर्को खेलमा लिभरपुल र फुलहामले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

तपाईको प्रतिक्रिया