काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता

  साउन २२, २०७९

काठमाडौं, साउन २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीको लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनु भएको हो ।

उहाँले सरकारले नेपालको प्रकृति,संस्कृति र एडभेन्चरसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास गरी विश्वका पर्यटकलाई आकर्षित गर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका ब्राण्डिङहरुलाई रिब्राण्डिङ गर्ने बताउनु भयो । उहाँले यसरी पर्यटन क्षेत्रको विकास गर्दा पर्यटकका संख्यामा वृद्धि हुने अपेक्षा गरेको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपालमा अत्याधिक रुपमा पर्यटकको संख्या वृद्धि भए अहिलेको जनशक्तिले नधान्ने भन्दै यसमा वृद्धि गर्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘‘नेपालमा पर्यटनहरुको संख्यालाई वृद्धि गर्ने, संसारका पर्यटकहरुको गन्तव्यको रुपमा नेपाललाई बनाउने सरकारले लक्ष्य लिएको छ । हाम्रो प्रकृतिसँग जाडिएका कुराहरु,संस्कृतिसँग जोडिएका र एडभान्चरसँग जाडिएका कुराहरुलाई केन्द्रित गरेर नेपालको पर्यटन क्षेत्रलाई विकास गरेर विश्वका पर्यटकलाई आकर्षित गर्नुपर्छ । पर्यटन क्षेत्रका ब्राण्डिङहरुलाई रिब्राण्डिङ गर्नुपर्छ । यसरी पर्यटन क्षेत्रको विकास गर्दा पर्यटकको धेरै संख्याको अपेक्षा गरेका छौं । पर्यटकको संख्यामा वृद्धि हुने हो भने हामीसँग भएको जनशक्तिले पुग्दैनन् । अहिले नेपालमा उत्पादन भएका जनशक्तिहरु अन्तराष्ट्रिय बजारमा गएको स्थिति छ । त्यसले पनि अभाव महशुस गरेको छ । पर्यटन क्षेत्रको विकास हुँदा आवश्यक पर्ने वस्तु तथा सेवाको परिपूर्ति गर्नुपर्ने आवश्यकता छ ।’’

मन्त्री श्रेष्ठले नेपालमा आएका पर्यटकका लागि पर्यटकको देश अनुसारकै खाना बनाउनुपर्छ भन्ने मान्यताको अत्य गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता रहेकाले पर्यटकहरुलाई नेपाली खाना खुवाउने सोच राख्नुपर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले नेपाली मौलिक तथा परम्परागत खाना विश्वका अन्य मुलुकको भन्दा कमी नभएको दाबी गर्नुभयो । उहाँले  नेपालको मौलिकतालाई पहिचान दिने गरी होटल व्यवस्थापनको क्षेत्रलाई विकास गरी नेपालको छुट्टै पहिचान बनाउन सकिने बताउनु भयो । मन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई सगरमाथा,गौतम बुद्ध जन्मभूमिको रुपमा प्रचार गरिएको भन्दै अब हस्पिटालिटी क्षेत्रको पनि प्रचार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘‘नेपालको पर्यटन व्यवसायको मान्यता कस्तो छ भने कोरियन पर्यटक आउँदा कोरियन खाना,जापानीज आउँदा जापनीज खाना तयार गरेर बस्नुपर्ने  खालको छ । अब कोरियन आउँदा नेपाली खाना बनाएर खुवाउँ भन्ने सोचबाट जानसक्ने की नसक्ने? नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता समेत छ । यस्ता कुराहरुलाई अनुसन्धान गरेर त्यस्ता कुराहरु ल्याउने हो भने कुनै पनि देशमा पौष्टिक आहार हाइजिनिक भन्ने भन्दा कुनै मानेमा पनि कमी छैन । हाम्रा तिथि र पर्व अनुसार खानाका परिकारहरु छन् । यस्तो कुराहरुमा पनि हामीले अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ । हामीले हाम्रो मौलिकतालाई पहिचान दिनेगरी हाम्रो हस्पिटालिटी क्षेत्रलाई कसरी विकास गर्ने अनुसन्धानको विषय बन्छ । यसरी जानसके नेपालको छुट्टै पहिचान छ । नेपालले सगरमाथा,गौतम बुद्ध जन्मभूमिको रुपमा गरेका छौं ।’’

त्यस्तै कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा.भोला थापाले नेपालले स्वीस, अष्ट्रियन हस्पिटालिटी भन्दा पनि नेपाली हस्पिटालिटी खोजेको बताउनु भयो । उहाँले नेपालले पूर्वीय आथित्यतालाई विश्वामा पु-याउन सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । डा.थापाले सरकार सानासाना कार्यक्रममा अल्झेर बस्नुभन्दा पनि ठूला अनुसन्धानका कार्यक्रम अगाडि बढाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘‘हामी स्वीस हस्पिटालिटी बनाउँछौं भनेका छौं । अष्ट्रियन हस्पिटालिटी भन्नेकुरा आए । हामीले त्यो खोजेको छैन । नेपाली हस्पिटालिटी, अथवा पूर्वीय आथित्यतालाई संसारमा पु¥याउनु प¥यो । अबको हाम्रो लक्ष्य भनेको त्यो हो । अहिले हामीले आवश्यकता पूरा गर्नको लागि स्नातक प्रोग्राममा कार्यक्रम सञ्चालन गर्दैछौं । हामी साना योजनामा अल्झेर बस्ने होइन अनुसन्धानको स्नाकोत्तर प्रोग्राममा अगाडि बढ्यौं । नेपालभर भएका सबै हस्पिटालिटिलाई नियमन गरी त्यस्ता कलेजहरुलाई जनशक्ति दिनुपर्छ । त्यसरी विश्वमा नै होटल व्यवस्थापनको क्षेत्रमा नेतृत्व लिनुपर्छ । दक्ष जनशक्ति उत्पादन गरेर विश्वका अन्य मुलुकहरुमा जागिर खान पठाउने विषयलाई परिवर्तन गरौं ।’’

उहाँले नेपालले विश्वमा नै होटल व्यवस्थापनको क्षेत्रमा नेतृत्व लिनुपर्ने बताउनु भयो । उहाँले नेपालले दक्ष जनशक्ति उत्पादन गरेर विश्वका अन्य मुलुकहरुमा जागिर खान पठाउने परम्पराको अन्त्य गर्नुपर्ने बताउनु भयो । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्ययक दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्ने काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता भएको छ ।

तपाईको प्रतिक्रिया