मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह

  साउन २१, २०७९

सिन्धुपाल्चोक, साउन २१ : सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।

बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिनुभएको छ । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताउनुभयो ।

त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

मेलम्चीमा उर्लियो बाढी
नियमित परेको पानीका कारण मेलम्ची, हेलम्बु क्षेत्रमा बाढी उर्लिएको छ । बाढीले तालामाराङ, चनौटे ढंगे बजार क्षेत्र र त्यहाँका सडकलाई जोखिममा पारेको जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।

बाढीले हेलम्बु चनौटेको बेलिब्रिज, ग्याल्थुम क्षेत्र जोखिममा परेको छ । तालामाराङको तेर्से माबि उच्च जोखिममा परेको छ । हेलम्बु र मेलम्चीका ग्रामीण भेगका सडकहरु अवरुद्ध भएका छन् । वर्षाले मेलम्ची नगरपालिका–२ निबु गाउँमा पहिरोले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । निबुका २० घर उच्च जोखिममा परेका छन् ।

तपाईको प्रतिक्रिया