कपिलवस्तुमा बस र भ्यानले ठक्कर दिँदा दुई जनाको मृत्यु

  साउन ०४, २०७९

कपिलवस्तु साउन ४ : कपिलवस्तुमा सवारी साधनको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक युवा र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

बुधबार बुद्धभूमि नगरपालिका ९ चम्मापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो।  बिहान साढे आठ बजे बा ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो।

दुर्घटनामा मोटरसाइकलमा सवार कृष्मा केसी घाइते हुनुभएको छ। घाइतेको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार भइरहेको छ।

त्यसैगरी, वाणगंगा नगरपालिका १० भावपुरमा लु २ च ४०५२ नम्बरको भ्यानले ठक्कर दिँदा नौ वर्षीया एन्जला पौडेलको मृत्यु भएको छ। बालिकालाई बाटो काट्दै गर्दा भ्यानले ठक्कर दिएको हो।

तपाईको प्रतिक्रिया