‘ग्रामी अवार्ड’ फेरि स्थगित

  माघ ०६, २०७८

काठमाडौं, माघ ६ : ६४ औं ‘ग्रामी अवार्ड’ २०२२ को कार्यक्रम फेरि स्थगित गरिएको छ । यससँगै कार्यक्रमको स्थान पनि परिवर्तन गरिएको हो । कार्यक्रम अब अप्रिल ४ मा लस भेगासको एमजीएम ग्रान्ड गार्डेन एरेनामा हुनेछ ।

यसअघि यो कार्यक्रम ३१ जनवरीमा अमेरिकाको लस एन्जलसमा आयोजना हुने भनिएको थियो । जस्टिन बिबर, बिली इलिश र ओलिभिया रोड्रिगो जस्ता धेरै कलाकारहरू ग्रामी अवार्ड २०२२ को लागि मनोनीत हुनुभएको छ ।

तपाईको प्रतिक्रिया