‘धनुष र ऐश्वर्याबीच पारिवारिक झगडा भएको हो, डिभोर्स होइन’

  माघ ०६, २०७८

काठमाडौं, माघ ६ : साउथ फिल्मका स्टार धनुष र उहाँकी पत्नी ऐश्वर्याले केही दिनअघि आफ्नो १८ वर्षे दाम्पत्य जीवनलाई टुंग्याउने निर्णय लिनुभएको थियो ।

धनुष र ऐश्वर्याबारे विभिन्न चर्चा चलिरहेका बेला धनुषका पिता एवं निर्माता कस्थुरी राजाले यस विषयमा बोल्नुभएके छ । उहाँले धनुष र ऐश्वर्या अलग हुनुको कारण पारिवारिक झगडा मात्रै भएको बताउनुभयो । उहाँले अरु सबै अफवाह भएको र उहाँहरुबीच पारिवारिक झगडा भएको दाबी गर्नुभयो ।

यस्तै उहाँले यस आधारमा धनुष र ऐश्वर्याले सम्बन्ध विच्छेद नगर्ने समेत बताउनुभयो । यो झगडाको कारण मात्रै असहमति भएको र यस्तो हरेक विवाहित जोडीबीच हुने भन्दै उहाँले सामान्य झगडाकै आधारमा उहाँहरुले सम्बन्ध विच्छेद नगर्ने जानकारी दिनुभयो ।

केही दिनअघि आफ्नो सामाजिक सञ्जालमार्फत उहाँहरुले ज्वाइन्ट स्टेटमेन्ट जारी गर्दै आफूहरु अलग हुने जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया