प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता : शुक्रबार गठबन्धन बैठक

  माघ ०६, २०७८

काठमाडौं, माघ ६ : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । उहाँले आगामी राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह तथा सङ्घीय र प्रदेश तहको निर्वाचनका बारेमा छलफल भएको बताउनुभयो ।

उहाँका अनुसार निर्वाचनबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालबीच शुक्रबार अपराह्न ४ बजे सत्तारूढ गठबन्धन दलको बैठक बोलाउने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया